कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु, दर्जनौं कार्यक्रम गरिने
२०८१ फागुन २५ आईतवार
- आइतबार पार्टी कार्यलय सानेपामा नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार ,सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियानको उद्घाटन गरेको हो ।
काठमाडौं : नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु भएको छ ।
आइतबार पार्टी कार्यलय सानेपामा नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार ,सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियानको उद्घाटन गरेको हो ।
नेपाली कांग्रेस पार्टी कार्यालय, नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा अभियानको सञ्चालन गरिएको हो ।
कार्यक्रममा पार्टीका महामन्त्री गगन थापाले पहिलो छ महिना अभियान सञ्चालन गर्ने र पार्टीको राजनीतिक अवस्था हेरेर त्यसपछि समय थप गर्ने जानकारी दिए ।
उनले भने,‘हामी पहिला यसलाई दुई भागमा बाड्छौं । पहिला छ महिना । त्यो छ महिनामा हामी जहाँसम्म पुग्न सक्छौं, त्यसपछि पार्टीको राजनीतिक अवस्था हेरेर त्यसपछि अरु थप समयमा काम गर्ने छौं । यसका लागि एक वर्षको योजना बनाएका छौं । तर पहिला छ महिनाभित्र संघ, प्रदेशको सरकारले गर्नुपर्ने कामहरु केके हुन् । भन्ने कुुरामा पनि छलफल हुन्छ ।’
अभियान व्यवस्थित रुपमा अगाडि बढेपछि सरकारको प्राथमिकतामा रोजगार आउने उनको दाबी छ । पार्टीभित्र यसविषयमा व्यवस्थित ढंगले छलफल गरेपछि अरु पार्टीहरुसँग पनि छलफल गर्ने उनले जानकारी दिए ।
उनले भने,‘यो अभियान व्यवस्थित रुपमा अगाडि बढेपछि राजनीतिक विमर्शको केन्द्रमा रोजगार प्राथमिकतामा पर्छ । सरकारको प्राथमिकतामा रोजगार आउने अवस्था बन्छ । किनकी नेपाली कांग्रेसले यसरी व्यवस्थित ढंगले छलफल गरेपछि अरु पार्टीसँग पनि छलफल गर्नेछौं । अभियानमा दर्जनौ कार्यक्रमहरु सञ्चालन गर्छौं, सयौले भाग लिनुहुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।